आज देखी दाङ सहित १५ जिल्लामा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईदै

तुलसीपुर, १५ फागुण । आज देखि राष्टिय अभियानकै रुपमा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईदै छ । यस वर्ष दाङ सहित १५ जिल्लामा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन लागीएको हो । दाङमा भने नवौं चरणको अभियान अन्र्तगत औषधी खुवाउन लगाीएकोे छ । औषधी खुवाउनका लागी विभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत गरिएको थियो । यता तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर गोर्कण दाहालले विगतका वर्ष भन्दा यस वर्ष भने प्रभावकारी बनाउनका लागी स्वंयम जनप्रतिनिधिहरुको सहभागितामा स्वास्थ्य कर्मीहरु परिचालन गरिएको बताएका छन् ।
औषधी खुवाउनका लागी तुलसीपुरका १९ वटै वडामा ५ जना स्वास्थ्यकर्मीका दरले नगर भरी ९५ जना परिचालन गरिएको छ ।आज पहिलो दिन राप्ती प्रादेशिक अस्पताल र प्रत्येक वडामा तोकिएका केन्द्रबाट औषधी खुवाईने छ । त्यस पछि भोली दोस्रो दिन विद्यालयमा तथा छुटेकाहरुलाई तेस्रो र चौथो दिन प्रत्येक घरघरमा पुगेर खुवाईनेछ ।
हात्तीपाईले रोग विरुद्धको औषधी खानहुन्न भन्ने भ्रममा नपर्न सवैमा आग्रह गदै उनले यो रोग निर्मुल पार्नका लागी सवैले औषधी सेवन गर्नुपर्ने सुझाव दिएका छन् ।

यदि कसैले औषधी सेवन गदैमा कुनै असर परेमा उसले मेरो शरीरमा जिवाणु रहिछ भनेर बुझन आबश्यक रहेको समेत डाक्टर दाहालको सुझाव छ । उनका अनुसार दुई बर्ष मुनिका बालबालिका, सात दिनकी सुत्केरी महिला, दिर्घरोगीका विरामी, २४ घण्टा भित्र मृगि हुने व्यक्ति बाहेक अन्य सवैले खान मिल्ने डाक्टर दाहालको सुझाव छ । दाङमा अझै १२ प्रतिशत हात्तिपाईले रोगका विरामी रहेको एक तथ्याङकले देखाएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया