अबैध गर्वधारणबाट जन्मिएको शिशुको हत्या गर्ने आमा पक्राउ

 

तुलसीपुर ७ फागुन
अबैध गर्वधारणबाट जन्मिएको नबजात शिशुको हत्या गर्ने आमालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोसल्यान दार्मा गाउँपालिका वडा नं १ विष्टगाउँ बस्ने २० बर्षिया लालमाया बुढामगरले नवजात शिशुलाई आफ्नै घर नजिकको गहुँ बारीमा खाल्डो खनि गाडेको भन्ने सुचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको हो ।

लालमाया बुढामगरका श्रीमान बिगत २ बर्ष देखि बैदेशिक रोजगारको सिलसिलामा मलेशियामा रहेका छन् । दार्मा गाउपालिका २ किमटाकुरा बस्ने बर्ष अं. ३३ को केशब सुनारसँग अनैतिक सम्बन्ध भएपछि गर्भ रहेको उनले प्रहरीलाई बयान दिएकी छन् । ‘लालमायाले भुई तलामा बच्चा जन्माएर जानीजानी त्यहि छोडेर माथिल्लो तलमा गएर सुति छन्,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले भने, ‘भोली पल्ट विहान सात बजे मृत बच्चालाई अपराधबाट बच्न नजिकै गहुँबारी खाल्डो खनेर गाडिछन ।’

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया