बाबुको हत्या गर्ने छोरा सल्यानमा पक्राउ

तुलसीपुर, ४ फागुन

जिल्ला प्रहरी कार्यालय सल्यानले बाबुको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका – २ कारागिठी ज्यामिरे निबासी दुर्गा बहादुर राना रहेको प्रहरी नायव उपरीक्षक विरेन्द्रबहादुर शहीले जानकारी दिनुभयो । ४० बर्षका बुबा कृष्ण वहादुर रानाले अत्याधिक रक्सी सेवनगरी घरमा झैझगडा गर्ने र सम्झाइबुझाई गर्दा नमानेपछि आवशेमा आई कुटपिट गर्ने क्रममा मृत्यु भएको छोरा दुर्गाले प्रहरीलाई बयान दिएका छन् ।

बुबाको हत्यापछि छोराले घरमै मृत अवस्थामा फेला परेको भन्दै इलाका प्रहरी कार्यालय लुहाममा खबर गरेका थिए । घटना स्थल पुगेको प्रहरीले अनुसन्धान गर्नेक्रममा बाबु छोरा बिच झगडा भएको भन्ने खबर पाएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा हत्या गरेको पुष्ठि भएको प्रहरीले बताएको छ । आरोपीलाई प्रहरीले १० दिनको म्याद थप गरेर हिरासतमा राखेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया