तुलसीपुर, २९ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ले विपन्न नागरिकको उपचार आर्थिक सहायताका लागी श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । वडाले संघिय सरकार अन्र्तगत स्वास्थ्य उपचारमा दिदै आएको सुविधा अनुसार दिर्घरोगी विरामी र अन्य रोगको पनि उपचार सहायता उपलब्ध गराउने गरी नागरिक उपचार सहयोग अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागेको हो ।
वडाले महायज्ञ आगामी मंसिर ६ गतेदेखि १५ गते सम्म श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ–२०८३ संचालन गर्ने भएको छ । वडा कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो । सो अवसरमा वडा अध्यक्ष माधव वलीले वडाका विपन्न, असहाय तथा बेसहारा नागरिकहरुको स्वास्थ्य उपचार सहायताका लागि अक्षयकोष स्थापनार्थ महायज्ञ संचालन गर्न लागिएको बताउनुभयो ।
उहाँले महायज्ञबाट न्यूनतम करिब १ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिए पनि कोषमा रकम बढाउँदै लैजान सकिने गरी आफुहरुले योजना बनाएको बताउनुभयो । महायज्ञको मुख्य वाचकका रुपमा पण्डित अमृतशरण देवाचार्य रहने आयोजकले बताएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।