२०८३ कार्तिक ३० गते सोमवार

को हुन पक्राउ पर्ने १७ जना जुवाडे

दाङ २९ कात्तिक । दाङको घोराहीबाट प्रहरीले १७ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार प्रहरी टोलीले दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। घोराही १८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले शनिवार वेलुका साढे पाँच बजेतिर छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं डिएसपी डाक्टर हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी तास सहित ९ जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी बुढाथोकी सहित घोराही १४ स्वर्गद्वारी टोलका ४८ वर्षीय नवलसिंह डाँगी, रोल्पाको माडी गाउँपालिका ४ तालाबाङ घर भई हाल घोराही १३ डुमरगाउँ बस्ने ४३ वर्षीय निमबहादुर भण्डारी, सोहि ठाउँका ४३ वर्षीय तुलबहादुर खड्का , ३५ वर्षीय रामकृष्ण खड्का, घोराही १४ का ४० वर्षीय यदुनाथ पाण्डे, घोराही १० नारायणपुर स्थायी ठेगाना भई हाल वडा नंम्वर १५ बस्ने ४० वर्षीय हिमराज केसी, घोराही १४ का ३५ वर्षीय निमेश भण्डारी र नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढा रहेको डिएसपी केसीले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले घोराही १५ जानकी टोलस्थित भुपबहादुर डाँगीको घरबाट ८ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार शनिवार वेलुका छ बजेतिर डाँगीको घरमा छापा मार्दा नगद १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी तास सहित ८ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा घरधनी ६८ बर्षिय डाँगी सहित सोहि ठाउँका ६० वर्षीय केशरबहादुर पछाई, ६४ वर्षीय लुमासिंह बस्नेत, ६५ वर्षीय निमबहादुर पुन, ५२ वर्षीय गिरीराज केसी , घोराही १४ का ५३ वर्षीय ओबिन्द्र महरा, घोराही १६ का ४७ वर्षीय तारा डाँगी र रोल्पाको रुन्टीगढी गाउँपालिका ५ का ३९ वर्षीय हिरालाल रावत रहेको प्रहरीले बताएको छ । पक्राउ परेका १७ जना जुवाडेहरु माथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकका १७ जना जुवाडे मध्ये जिल्ला तहका नेता, घोराहीका एक जना वडा अध्यक्ष , व्यवसायी लगाएतका रहेका छन् ।

प्रकाशित मिति : २०८३ कार्तिक २९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।