२०८३ कार्तिक ३० गते सोमवार

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगु,२९ कात्तिक । मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल मुगु पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, दुर्घटनामा ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उक्त जिपमा चालकसहित पाँच जना सवार रहेको खुलेको छ । चालकले मादक पदार्थ सेवन गरे–नगरेको लगायत घटनाबारे थप अनुसन्धान भइरहेको छ ।।

प्रकाशित मिति : २०८३ कार्तिक २९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।