२०८३ भाद्र २३ गते मङ्गलवार

प्राविधिक त्रुटीले लिबाङका जनता चर्को पानी महशुल तिर्न बाध्य छन् : महासंघका अध्यक्ष ओली

रोल्पा, १८ कात्तिक । राष्ट्रिय साना शहरी खानेपानी महासंघका केन्द्रिय अध्यक्ष खेमराज ओलीले जनतालाई सहजरुपमा खानेपानीको व्यवस्था गर्नुर्पेमा जोड दिनुभएको छ । रोल्पा शहरी खानेपानी आयोजना अनुगमनपछि बोल्दै अध्यक्ष ओलीले संघिय खानेपानी विभागको कम्जोरीका कारण रोल्पाको लिबाङका जनताहरु पिउने पानीका लागि चर्को शुल्क तिर्न बाध्य भएको बताउनुभयो ।

संघिय खानेपानी विभाग अन्तर्गत लागु भएको सहरी खानेपानी आयोजना सम्पन्न गर्दा प्राविधिक त्रुटीका कारण जनताको घरमा सजिलै जानसक्ने पानीलाई सुद्धिकरणका नाममा लिफ्ट मार्फत संचालन गर्दा मासिक रुपमा चर्को शुल्क तिर्न बाध्य भएको अध्यक्ष ओलीको दाबी छ ।

सो अवसमरा महासंघका सल्लाहकार चोक प्रसाद धितालले प्राविधिक त्रुटीलाई सच्याउनका लागि विभागमा आफुले पहल गर्ने बताउनुभयो । आयोजना सम्पन्न हुनुअघि त्यहाँका उपभोक्ताको घरघरमा मुहान मार्फत सजिलै घरघरमा पानीका धाराहरु पुगेको थियो । तर पछिल्लो समय सुद्धिकरणका नाममा लिफ्ट मार्फत पानी वितरण गर्दा विद्युत महसुश बढि लाग्ने गरेका कारण उभपोक्ता आर्थिक मारमा परेका हुन ।

जिल्लामा ३६ प्रतिश घरधुरीमा खानेपानी धाराको पहुँच पुगेको खानेपानी डिभिजन तथा सरसफाइ कार्यालय रोल्पाका प्रमुख वेद प्रसाद आचार्यले बताउनुभयो । आयोजनाबाट एक हजार एक सय घरधुरी लाभान्वित भएको रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सुमन बिकले जानकारी दिनुभयो । अध्यक्ष बिकका अनुसार उपभोक्ताले न्युनतम मासिक दुई सय पचास रुपैयाँ महशुल बुझाउने गरेका छन् ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।