२०८३ जेष्ठ २७ गते बुधवार

भ्रष्टाचार विरोधी अभियानमा चीनले सैन्य कमान्डरहरूलाई निकाल्यो

काठमाण्डौँ, १ कात्तिक ।  चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले व्यापक सैन्य कारबाही गर्दै ९ जना शीर्ष जनरललाई निष्कासन गरेको छ । यो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले दशकौंपछि सेनामाथि गरेको सबैभन्दा ठूलो सार्वजनिक कारबाहीमध्ये एक रहेको बीबीसीले जनाएको छ । उनीहरूमाथि गम्भीर आर्थिक अपराधको आशङ्का गरिएको चीनको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

तीमध्ये धेरैजसो तीनतारे जनरलहरू थिए र पार्टीको निर्णय लिने केन्द्रीय समितिको हिस्सा थिए । रक्षा मन्त्रालयले भ्रष्टाचार विरोधी अभियानको एक भागका रूपमा शीर्ष जनरलहरूलाई निष्कासन गरेको उल्लेख गरे पनि विश्लेषकहरूले यसलाई राजनीतिक शुद्धीकरणका रूपमा पनि हेर्न सकिने बताएका छन् । पार्टीको पूर्ण बैठकको पूर्वसन्ध्यामा सीपीसीले उनीहरूलाई निष्कासन गरेको हो ।।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शनिवार
प्रतिक्रिया