काठमाण्डौँ, २८ असोज । हमासले फिर्ता गरेको ४ जना बन्धकको शवमध्ये एक नेपाली विद्यार्थी विपिन जोशीको रहेको इजरायली सेनाले पुष्टि गरेको छ ।हमासले गएराति इजरायललाई ४ जनाको शव हस्तान्तरण गरेको थियो । इजरायली सेनाले फरेन्सिक परीक्षणबाट शवको पहिचान पुष्टि गरेको छ । यसैबीच इजरायली सेनाले युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा हमासले विपिन जोशीको हत्या गरेको दाबी गरेको छ ।
सन् २०२३ को अक्टुबर ७ तारिखमा हमासले इजरायलयमा गरेको अप्रत्याशित आक्रमणपछि जोशीसहित २ सय ५१ जना अपहरणमा परेका थिए । इजरायलमा भएको आक्रमणमा १० जना नेपालीसहित १ हजार २ सय जनाको ज्यान गएको थियो । विपिनसहित ज्यान गुमाउने १० जना सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनका क्रममा ुलर्न एन्ड अर्नु कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थी थिए ।।
प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार


















