
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध हामी नेपालका संस्थापक सुधन गुरुङले दिएको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा उनी लिखित जाहेरी लिएर पुगेका थिए ।
प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न इन्कार गरेको हो । त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङ फर्किएको स्रोतले बतायो ।
सुशीला कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले सामाजिक सञ्जालमार्फत उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै दिउँसोदेखि नै सामाजिक सञ्जालमा अभियान थालेका थिए । नेपाल प्रेसबाट
प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार