काठमाण्डौ – लगातारको अविरल वर्षापछि रुपन्देहीको भैरहवामा फसेका यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाण्डौ ल्याइने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगमले उद्धार उडान सञ्चालन गर्न लागेको हो।
निगमका अनुसार ‘आरए १७३१’ फ्लाइट दिउँसो १ बजे भैरहवा पुग्नेछ भने ‘आरए १७३२’ फ्लाइट दिउँसो २ः४५ बजे यात्रु लिएर काठमाण्डौ फर्किनेछ। टिकट दर काठमाण्डौबाट ५ हजार र भैरहवाबाट ७ हजार तोकिएको छ। अशक्त ज्येष्ठ नागरिक, बिरामी र अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइने जनाइएको छ।
प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार






