फोटो फाईल
दाङ, १४ जेठ । सल्यानमा प्रहरीले झन्डै दुई सय क्युफिट अवैध काठ बरामद गरेको जानकारी दिएको छ ।ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा हिजो बन्गाड कुपिण्डे नगरपालिका १ बाट काठ सहित ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सलयानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ ।
उहाका अनुसार मसला जातको १९१.७८ क्युफिट २३२ थान काठ सहित ढुवानीमा प्रयोग गरिएको ट्रक र चालकलाई नियन्त्रणमा लिईएको हो । प्रहरीले आवश्यक कारवाहीका लागी सव डिभिजन वन कार्यालयमा पठाएको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार






