तुलसीपुर, ३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तुलसीपुरका १९ वटै वडामा एकैसाथ वडा भेला सम्पन्न गरेको छ । देशर एकैसाथ वडा भेला आयोजना गर्ने पुर्व निर्धारित तालिका अनुसार आईतवार तुलसीपुर उपमहानगरपालिकाका सबै वडामा वडा भेला सम्पन्न भएको नगर सभापती जिवन भण्डारीले जानकारी दिनुभयो । उहाका अनुसार वडा भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ । भेलाले वडा नम्वर १ को सभापतीमा दोमकान्त बस्याललाई चयन गरेको छ ।
यस्तै वडा नम्वर २ को सभापतीमा शोभाराम योगी, वडा नम्वर ४ मा बासुदेव पोखरेल, वडा नम्वर ५ मा क्षेत्र प्रविण भण्डारी , वडा नम्वर ६ मा गोकर्ण तिवारी, वडा नम्वर ७ मा तिर्थराज पोख्रेल, वडा नम्वर ८ मा दुर्गा डाँगी, वडा नम्वर ९ मा अम्मर बुढाथोकी, वडा नम्वर १० मा ओम बहादुर बस्नेत, वडा नम्वर ११ मा किरण बस्नेत, वडा नम्वर १२ मा प्रकाश सिंह ठकुरी, वडा नम्वर १३ मा सिताराम आचार्य , वडा नम्वर १४ मा खुसल खड्का , वडा नम्वर १५ मा दिनेश पौडेल, वडा नम्वर १६ मा शेर बहादुर डाँगी, वडा नम्वर १७ मा महेन्द्र बस्नेत , वडा नम्वर १८ मा शिबराज खत्री र वडा नम्वर १९ मा ज्ञानेन्द्र पोखरेल सभापतीमा चयन हुनु भएको नगर सभापती भण्डारीले जानकारी दिनुभयो । उहाका अनुसार वडा भेला सम्पन्न भए संगै अब नगर अधिवेशनको तयारी गरिने भएको छ ।


















