२०८३ जेष्ठ १० गते आइतवार

तुलसीपुरमा प्रेमिकालाई बोलाएर सामूहिक बलात्कार गर्ने प्रेमिसहित २ जना पक्राउ

तुलसीपुर, १० जेठ । दाङको तुलसीपुरमा एक किशोरीलाई ३ जनाले सामूहिक बलत्कार गरेको घटना सार्वजनिक भएको छ । केहीसमय देखि प्रेम सम्बन्धमा रहेका युवकले प्रेमिकालाई बोलाएर सामूहिक बालात्कार गरेको घटना सार्वज्निक भएपछि प्रहरीले २ जना युवकलाई पक्राउ गरेको हो ।

एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँ निवासी २४ वर्षका ओम चौधरी र २२ वर्षका सुमन भन्ने राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार रहेका युवकको नाम भने प्रहरीले गोप्य राखेको छ ।

जेठ ५ गते राति ९ बजे प्रेमि भनिएका ओम चौधरीले १९ वर्षकी किशोरीलाई बोलाएर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि भोलिपल्ट प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार
प्रतिक्रिया