२०८३ जेष्ठ २७ गते बुधवार

प्रहरीको अनुरोधः बिना बिल सुनचाँदीका सामान किनबेच नगर्नु

काठमाडौं, १ भदौ । जिल्ला प्रहरी परिसर, काठमाडौंले जनतालाई बिना बिल सुनचाँदीका गरगहना वा सरसामान किनबेच नगर्न अनुरोध गरेको छ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले राजधानीका सरकारी कार्यालय, बैंक, व्यापारिक प्रतिष्ठान र व्यक्तिगत घर/भवनमा आगजनी, तोडफोड तथा चोरी गरेको प्रहरीले जनाएको छ। लुटिएका गरगहना सुनचाँदी पसलमा ल्याइएका हुन सक्ने सम्भावनाका कारण जनतालाई सचेत रहन आग्रह गरिएको हो।

सन्देहास्पद सामान पाएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर काठमाडौंको नम्बर ९८५१२८३०१२ वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ। प्रहरीले बिना बिल सामान किनबेच गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही हुने चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया