राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष खेमराज वलीले प्रत्येक पालिकाहरूले पानी परीक्षणका लागि ल्याब मेसिनको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । संविधानको धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइको हकको व्यवस्था गरेकाले सरकारले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दाङको राप्ती गाउँपालिका –८ देउखुरीमा आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वलीले सरकारले गर्ने काम सामुदायिक संस्थाले गरेकाले कर लिने भन्दा पनि सेवा दिने कार्य तर्फ सोच्न आवश्यक रहेको बताउनुभयो । पाँच सय भन्दा बढी धारा भएका खानेपानी संस्थालाई संघिय सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने बताउँदै एक घर एक धारा भन्ने सरकारको नारालाई पुरा गर्न स्वयम् सरकारले नै अग्रसरता लिनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम, नारायाणपुर खानेपानीका अध्यक्ष कुल प्रसाद राजौरे (श्रवण) भालुबाङ खानेपानीका अध्यक्ष हस्तबहादुर गुरुङ, घोराही खानेपानीका कोषाध्यक्ष ध्रुव केसी, लालमटिया वृहत खानेपानीका अध्यक्ष कृष्ण बहादुर गिरी, सुन्दरपुर वृहत खानेपानीका अध्यक्ष वसन्त अधिकारी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, लगायतले आआफ्ना भनाइ राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष नारायणी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव तिर्जराज ज्ञवालीले गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।