२०८३ बैशाख ११ गते शुक्रवार

तुलसीपुरबाट ८६ जना जुवाडे पक्राउ

तुलसीपुर, २४ श्रावण ।   दाङको तुलसीपुरबाट ८६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गत आर्थीक बर्ष २०८१/०८२ श्रवण महिनादेखी असार मसान्तसम्म ८६ जना जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका जुवाडेहरुको साथबाट १० लाख ४१ हजार ३ सय ४५ रुपैयाँ बरामद गरिएको छ । अघिल्लो आर्थीक बर्ष २०८०/०८१ मा जम्मा ५ जना मात्रै जुवाडे पक्राउ गरेका थ एभने उनीहरुको साथबाट ७४ हजार १९१ रुपैयाँ बरामद गरिएको थियो । यसैगरी गत आर्थीक बर्ष २०८१/०८२ मा ३२ जना लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ भने उनीहरुको साथबाट २० ग्राम ८२४ मिलिग्राम ब्राउनसुगर र २३४ पत्ता २६ सय ९० ट्याबलेट ट्रमाडोल बरामद गरिएको छ ।

अघिल्लो बर्षको सोही अवधीमा १३ जना मात्रै लागुऔषधका घटनामा संलग्नलाई पक्राउ गरिएको थियो भने उनीहरुको साथबाट ६ ग्राम ३ सय ७६ मिलिग्राम ब्राउनसुगर र ३१ पत्ता ३१० ट्याबलेट ट्रमाडोल बरामद गरिएको थियो ।गत आर्थीक बर्ष २०८१/०८२ मा १९२ जना फरार प्रतिबादीलाई पक्राउ गरिएको छ भने उनीहरुबाट ६६ बर्ष १ महिना कैद र ७ लाख ९९ हजार ४०९ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

यसैगरी प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत स्थानिय तह, विद्यालय, आमा समुहलगाएत सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गरेर विभिन्न संस्थाहरुमा ६१३ वटा जनचेतनामुलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । गत आर्थीक बर्ष २०८१/०८२ मा जम्मा १ हजार १ सय ४६ वटा उजुरी परेकोमा ८ सय ३५ उजुरी मिलापत्र गरिएको छ भने ३ सय ११ उजुरीमाथीको काम बाँकी रहेको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिवार
प्रतिक्रिया