झापा, साउन २१ । झापाको गौरादह नगरपालिका–४ को जोरघरेमा गएराति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक जना पुरुषको ज्यान गएको थियो ।
प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार


















