२०८३ भाद्र १३ गते शनिवार

निर्मला पन्तको हत्यारा ७ वर्ष पुग्दा पनि पत्ता लागेन

कञ्चनपुर, ११ श्रावन ।  भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट साउन ११ गते नजिकैको उखुबारीमा फेला परेको थियो । शव परीक्षणबाट बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अहिलेसम्म पनि घटनामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन । २०७५ सालमा भएको घटनामा अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीका छुट्टाछुट्टै समिति गठन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले अझै पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताउनुभयो । अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डीएनए परीक्षण गरिएको छ भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ । सीआईबीबाट १० वटा टोलीले अनुसन्धान गरिसकेको छ । निर्मलाका आमाबुवाले महेन्द्रनगरदेखि काठमाण्डौसम्म धाएका भए पनि न्याय पाउन सकेका छैनन् ।।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।