२०८३ भाद्र १३ गते शनिवार

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

सप्तरी, १० श्रावन ।  सप्तरीमा रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँका ४५ वर्षीय बालेश्वर खंग मण्डल र उहाँकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिनुभयो ।

दुवै जनाको आज बिहान विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट मृत्यु भएको हो । आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उहाँलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । त्यसै क्रममा करेन्ट लागेपछि दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।