२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरको उरहरीमा एक पुरुष मृत अवस्थामा फेला

दाङ ८, साउन । तुलसीपुर उपमहानगरपालिका–११, कटाह त्रिवेणी टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो करीब ३ः२० बजे घरदेखि करिब ५०० मिटर पूर्वतर्फको भित्री बाटोमा ६० वर्षीय देशु चौधरीको शव फेला परेको हो ।

वलपुर निवासी चौधरी मृत अवस्थामा फेला परेको वडा नं. ११ का वडा सदस्य यज्ञ बहादुर बस्नेतले प्रहरी चौकी उरहरीमा जानकारी गराएपछि प्रहरी निरीक्षक (प्र.ना.नि.) एक बहादुर खड्काको टोली तत्काल घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।