तुलसीपुर, ४ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीस्थित ममता पाउरोटी उद्योगमा काम गर्ने क्रममा एक किशोरी तातो तेलमा जलेर घाइते भएकी छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीकै निवासी पेसलराम सुनारकी १७ वर्षीया छोरी सृजना सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
आज साँझ करिब ५ बजे काम गर्ने क्रममा तातो तेलको कराई हातबाट छुटेर खसेपछि खुट्टा र ढाडमा जलेको छ । घाइते युवतिको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी चौकी विजौरीबाट प्रहरी नायब निरीक्षक भरत वलीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।