तुलसीपुर, ३ साउन । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनमा मोटरसाइकलका चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार रा २ प ६२६१ नम्बरको मोटरसाइकल गएराति राप्ती पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी टाउकोमा चोट लागेका पुनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।