२०८३ भाद्र १३ गते शनिवार

सर्पदंशबाट २२ महिनाका बालकको ज्यान गयो

दाङ, २९ असार । दाङको फुलवारीमा सर्पको टोकाइबाट २२ महिनाका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुर निवासी नुरज परियारका छोरा एनिस परियार रहेको इलाका प्रहरी कार्यालय तुसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । घरमा खेल्दै गरेका बालकलाई दिउसो सवा ४ बजे सर्पले बायाँ हातको हत्केलामा टोेकेको थियो ।

घटनापछि तत्कालै परिवारले उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पु¥याएका थिए । अस्पतालमा उपचारकै क्रममा साँझ साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय फुलवारीबाट प्रहरी नायव निरीक्षक रामसिङ धामीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनाको बेला बालककी आमा अनिता परियार स्थानीय जंगलमा च्याउ टिप्न गएकी गएको र बालकको हेरचाहमा हजुरबुबा श्याम नेपाली रहनुभएको थियो । सर्पले टोकेको बिरामीहरुको संख्या बढ्न थालेपछि साना बालबालिकालाई विशेष निगरानीमा राख्न र घर आसपासको सरसफाइमा ध्यान दिन विशेषज्ञहरूले सुझाव दिएका छन ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।