तुलसीपुर, २७ असार । तुलसीपुर उपमहानगरपालिका–११ उरहरी चोकमा मंगलबार बिहान स्कारर्पियोको मोटरसाइकललाई ठक्कर दिदा एक युवक गम्भीर घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका– १३ फुलवारी बस्ने २० वर्षीय दीपेश नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
घाइते युवकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । रा ७ प ५५५९ नम्बरको मोटरसाइकल ग्यारेजमा मर्मत पछि हाइवयमा चेकजाँच गर्नेक्रममा तुलसीपुरबाट नेपालगंजका लाग छुटेको बा १८ च ३१३९ नम्बरको स्कारर्पियोले बिहान करिब १०ः३० बजेतिर युवकलाई ठक्कर दिएको थियो ।
बेहोस अवस्थामा रहेका मोटरसाइकल चालक नेपालीलाई ११ बजे नेपालगंज रिफर गरिएको हो । स्कार्पियो र चालक सल्यानको कपुरकोट गाउँपालिका–३ बस्ने ३१ वर्षीय रेवन्तसिंह ठकुरीलाई प्रहरीचौकी उरहरीले नियन्त्रणमा लिएको छ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।