२०८३ भाद्र १४ गते आइतवार

पहिरोमा पुरिएर बाबुको मृत्यु, छोरा बेपत्ता

काठमाण्डौ, २५ असार ।  म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको र उहाँका छोरा १३ वर्षका सरोज विक बेपत्ता रहेका म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घर नजिकै घाँस काट्ने क्रममा पहिरो खसेर दुवैलाई पुरेको हो ।

यसैबीच धौलागिरि गाउँपालिका वडा नम्बर ४ बाँसबोटको भीरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी बग्न थालेको छ । अहिले नदीको बहाव सामान्य बनेको र सामान्य जोखिममात्रै रहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो । दिउँसो काउसीबोटको भीरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो ।।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।