२०८३ भाद्र १४ गते आइतवार

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरद्धारा बिद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान

तुलसीपुर, ६ असार ।  ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले बिद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धि सचेतना प्रदान गरेको छ । तुलसीपुर–६ मा रहेको गुरुकुल एकाडेमीको सहकार्यमा आज भएको कार्यक्रममा करिब ५० जना भन्दा धेरै बिद्यार्थीहरुलाई सचेतना प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सई नरेन्द्र शाहीले बताउनुभयो । उहाँका अनुसार बिद्यार्थीहरुलाई कार्यालयमै बोलाएर कार्यालय परिसरमा राखिएका बोर्डहरुमा लेखिएका ट्राफिक सचेतनामुलक सन्देशहरुका बारेमा जानकारी गराइएको हो । सो अवसरमा बिद्यार्थीहरुमा हुने ट्राफिक प्रहरी सम्बन्धिका जिज्ञासाहरु मेटाउने प्रयास पनि गरिएको उहाँले बताउनुभयो । विशेषगरी बिद्यार्थीहरुले सडकको धेरै (दैनिक) प्रयोग गर्ने भएकाले सवारी दुर्घटनाबाट आफु पनी बचुन् र अरुलाई पनी बचाउन प्रेरित गरुन् भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

बिद्यार्थीहरुले ट्राफिक नियमसम्बन्धि जानकारी प्राप्त गरेको अवस्थामा उनीहरुले आफ्ना अभिभावकहरुलाई पनी सिकाउने हुदा दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएको ट्राफिक प्रमुख शाहीले बताउनुभयो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको प्रमुखमा नरेन्द्र शाही आएपछी यस्ता ट्राफिक सचेतनाका कार्यक्रमहरुले तिब्रता पाएका छन् । विशेषगरी सवारी दुर्घटना न्युनिकरण गर्ने र धेरै भन्दा धेरै नागरिकलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराउने उदेश्यले यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको उहाँले बताउनुभयो । ट्राफिक प्रमुख शाही आएपछी तुलसीपुरमा ट्राफिक व्यवस्थापनले फट्को मार्न थालेको स्थानियहरुले बताउने गरेका छन् ।।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।