विश्व रक्तदाता दिवस, मानव धर्म तुलसीपुरमा रक्तदाताको सहभागी धेरै

तुलसीपुर, ३१ जेठ । दाङका विभिन्न ठाउँमा भएको रक्तदान कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुमा धेरै रक्तदाताको सहभागी भएको छ । नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेका अनुसार नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुमा ७९ जनाले रक्तदान गरेका छन् भने तुलसीपुर नगर जेसजिको आयोजना भएको कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् । यस्तै घोराही महिला जेसिजको आयोजना भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

गत वर्ष पनि नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुरमा ८५ जना रक्तदाताले रक्तदान गरी जिल्लामै पहिलो भएको थियो । यसैगरी पछिल्लो समय दाङमा रगतको खपत बढ्दो क्रममा छ भने रक्तदाता तुलनात्मक रुपमा घट्ने क्रममा रहेको पाइएको छ । हालसम्म जिल्लामा छ हजार ९४ युनिटसम्म रगत खपत भइसकेको छ भने पाँच हजार छ सय ३४ युनिट मात्रै संकलन भएको प्रमुख न्यौपानेले वताउनुभयो । जसमध्ये बी पोजेटिभ रगत धेरै खपत हुने गरेको छ ।

पछिल्लो समय जिल्लामा रगतको माग वढीरहेका वेला रक्तदाताको संख्या घट्नुमा नियमित रक्तदातमा सुगर,प्रेसर जस्ता स्वास्थ्य समस्या देखिनु र रक्तदाताहरुमा सचेतनाको अभाव देखिएको उहाँको भनाई छ । दाङमा लमही, घोराही र तुलसीपुरमा रक्तसञ्चार केन्द्रमार्फत् रक्तदान र विरामीलाई रगत उपलव्ध गराउने काम भइरहेको छ । नेपाल मानव धर्म सेवा समितिका राप्ती भेरी प्रभारी चाँदना बाइजीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका–१८ का वडा अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा प्रमुख अतिथि अध्यक्ष वलीले पानसमा बत्ती बालेर रक्तदान कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया