रुकुममा २ नाल भरुवा बन्दुक भेटिए

रुकुमपूर्व, २७ जेठ ।  रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । हिजो सोमबार अन्दाजी बिहान सवा ६ बजेको समयमा सिस्ने गाउँपालिका–६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले फेला परेको हो ।

उक्त जङ्गलमा भरुवा बन्दुक लुकाई–छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले खोजी कार्य गर्ने क्रममा बन्दुक फेला पारिएको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।

बन्दुक कसले छाडेको खुल्न नसकेको उहाँले बताउनुभयो । यद्यपि जङ्गलमा अवैध रूपमा भेटिएको भरुवा बन्दुक र कसले लुकाएको भन्नेबारेमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया