तुलसीपुर, २१ जेठ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–५ रानिजरुवा निवासी गोमा पुनका ६ बर्षीय छोरा उत्तम पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार रानिजरुवाबाट बसपार्कतर्फ जादै गरेको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलले रानिजरुवा नजिकै पैदल हिडिरहेको अवस्थामा आज दिउँसो साढे ४ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका बालकलाई सिटि हस्पिटल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्जस्थित नर्सीङहोममा रिफर गरिएको छ । मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी १८ बर्षीय साजन थापा फरार रहेको र मोटरसाइकल नियन्त्रणमा लिएर उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा बसपार्कबाट प्रहरी हवल्दार रेशम रेउलेको कमाण्डमा दुईजना प्रहरी टोली खटिएको थियो ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।