तुलसीपुर, १९ जेठ । दाङको तुलसीपुरमा रड प्रहारबाट एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–५ (ग) लाइन निवासी ५३ बर्षीय अर्जुन गौतम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहँका अनुसार तुलसीपुरको जेसिश चोक नजिकै उभिरहेको अवस्थामा गएराती सवा ११ बजेको समयमा नम्बर नखुलेको बुलेट मोटरसाइकलमा आएका युवाले एक्कासी उहाँमाथी रड प्रहार गरेका हुन् ।
रड प्रहारबाट गम्भिर घाइते भएका गौतमलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी भैरहवा फिर गरिएको छ । रड प्रहार गर्ने व्यक्ती फारार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अनुहार र नाकमा गहिरो चोट लागेको छ ।।
प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।