तुलसीपुर, १३ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले ट्राफिक व्यवस्थापनसम्बन्धि सामाग्री उपलब्ध गराएको छ । आज एक कार्यक्रमकाबिच वडाअध्यक्ष बिरेन्द्र शाहले ट्राफिक सचेतनामुलक बोर्डसहित विभिन्न सामाग्रीहरु तुलसीपुरका ट्राफिक प्रमुख सई नरेन्द्र शाहीलाई हस्तान्तरण गर्नुभएको हो । ट्राफिक प्रहरीहरुलाई पनि व्यवस्थापनमा सहज होस् र सम्भावित दुर्घटना पनि न्युनिकरण होस् भन्ने उदेश्यले ९ वटा सचेतनामुलक बोर्डसहित २० वटा ट्राफिक कोण र ८ वटा ट्राफिक लाइट (म्याजिक लाइट) उपलब्ध गराएको उहाँले बताउनुभयो । वडाले विगतदेखी नै अपराधकि घटना तथा सवारी दुर्घटना न्युकिरणका लागी ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई सक्दो सहयोग गर्दै आएको बताउनुभयो । अझैपनी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताउदै उहाँले दुर्घटना न्युनिकरणमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सो अवसरमा उक्त सामाग्री बुझ्दै ट्राफिक प्रहरी कार्यालय तुलसीपरका प्रमुख शाहीले वडाको यो सहयोगले दुर्घटना न्युनिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो । आफुले तुलसीपुरको ट्राफिक प्रमुखको जिम्मेवारी समालेदेखी नै स्थानिय सरकारलगाएत सबै पक्षसँग समन्वय गरेर जतिसक्ये दुर्घटना न्युनिकरण लागी रहेको बताउनुभयो । यसअघि ट्राफिक लाइट नहुदा सवारी चेकजाँचमा समस्या हुने गरेको भन्दै उहाँले अब सहज हुने विस्वास व्यक्त गर्नुभयो । सवारी दुर्घटना न्युनिकरणमा सबैले हातेमालो गरी अगाडी बढ्नुपर्ने उहाँको भनाई छ । आफ्नो सानो अनुरोधमा वडाले ट्राफिक प्रहरीलाई दुर्घटना न्युनिकरणसम्बन्धि सामाग्री उपलब्ध गराएर सहयोग गरेको भन्दै उहाँले वडाअध्यक्षसहित वडा कार्यालय परिवार धन्यबाद ज्ञापन गर्नुभएको छ । सो अवसरमा ट्राफिक प्रहरी हवल्दार डिल्ली आचार्य, वडा सदस्य भिम बहादुर केसीलगाएतको सहभागिता रहेको थियो ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।