तुलसीपुर, १३ जेठ । दाङको तुलसीपुरस्थित सल्यानरोडमा रहेको रुक्मेली जनरल स्टोरबाट एउटा आइफोन मोबाइल चोरी भएको छ । तुलसीपुर खानेपानीको कार्यालयदेखी ठिक पश्चिमतिर रहेको उक्त किराना पसलबाट आज दिउँसो साढे १२ बजेको समयमा मोबाइल चोरी भएको पसल सञ्चालकसमेत रहेकी मोबाइल धनि गणेशा बाठा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आइफोन ११ प्रोम्याक्स मोबाइल पसलबाटै चोरी भएको हो । ’सिसिटिभि फुटेजमा एकजना महिलाले उक्त मोबाइल चोरी गरेर लगेको प्रष्ट देखिएको छ । ती महिलाले सुरुमा चुरोट किन्ने बाहनामा पसल भित्र छिरेर पछी मोबाइल चोरेर गइन् । उहाँले भन्नुभयो,’–म पसलमा ग्राहकको चहलपहल भएकाले अलि व्यस्त थिए । त्यही मौका छोपेर मेरो मोबाइल चोरी भएको हो ।’
पसलबाट ति महिला निस्किएलगत्तै मोबाइल खोज्दा नभेटेपछी हल्लाखल्ला भएको र पछि सिसिटिभि हेर्दा चुरोट किन्न आएकि महिलाले नै मोबाइल चोरेको देखेको उहाँले बताउनुभयो । त्यतिन्जेलसम्म ती महिला मोबाइल लगेर टाढै गइसकेकाले भेटाउन नसकिएको उहाँको भनाई छ । अहिले खोजीका लागी इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदनसमेत दिएको उहाँको भनाई छ । अहिले प्रहरीले उक्त मोबाइलको खोजी कार्य तिब्र पारेको छ ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।