तुलसीपुर, १३ जेठ । दाङको तुलसीपुरस्थित बसपार्कमा हिडिरहेकी एक महिलाको पैसा लुटेर भाग्न खोज्ने दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगञ्ज घर बताउने २४ बर्षीया गिता भुषाल र अर्की एक महिला रहेको प्रहरीले जनाएको छ । बसपार्कको प्रहरी बिट नजिकै पर्समा पैसा बोकेर हिडिरहेकी तुलसीपुर–१० चैलाही निवासी ५४ बर्षीया पार्वता अधिकारीको पर्सबाट पैसा निकाल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ’म फोन गर्दै बाटोमा हिडिरहेकी थिए’,–पिडित पार्वता अधिकारीले भन्नुभयो । एक्कासी मेरो ब्याग हल्लिएको जस्तो महसुस भयो । त्यसपछी फर्केर हेर्दा सिग्री खोलेर पैसा तानिसकेछन् । अनि झट्टपट्ट खोसे र उनीहरुलाई प्रहरी आएर लगे ।’
पर्समा करिब १० हजार रुपैया रहेको भन्दै उहाँले आफुले समयमै नथपाएको भए उनीहरुले सबै पैसा लगेर जाने सम्भावना रहेको भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ । तुलसीपुरको व्यस्त बजारमा दिउँसै यस्तो घटना हुन्छ भनेर आफुले कल्पना पनी नगरेको बताउदै उहाँले पहिलो पटक यस्तो घटनामा परेको बताउनुभएको छ । पक्राउ परेका दुबैजनालाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।