तुलसीपुर, १२ जेठ । दाङको तुलसीपुरमा मोबाइल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी २४ बर्षीय अमृत चौधरी र ३५ बर्षीय दिपेन्द्र गुप्ता रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई सोही ठाउँ निवासी एक युवतीको मोबाइल चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।
ती युवतीले यही जेठ १० गते आफ्नो मोबाइल चोरी भएको भन्दै खोजीका लागी प्रहरीमा निवेदन दिएपछी खोजतलास गरी चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पहिले अमृतले मोबाइल मोबाइल चोरी गरेर दिपेन्द्रलाई बिक्री गर्न लगाएको पाइएको प्रहरीले जनाएको छ । उनीहरु दुबैजनालाई पक्राउ गरी चोरी सम्बन्धि कसुरमा मुद्धा चलाएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।