
तुलसीपुर, ३१ वैशाख । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर ४ खाद्रेका ३२ वर्षीय साजन बुढा मगर र मोटरसाइकलको पछाडि सवार तुलसीपुर ४ खुमखानीका २३ वर्षीय रमेश घर्तीमगर रहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका ७ बोगटीबाट खाद्रे तर्फ जादैं गरेको प्रदेश ३(०२(००८ प ३०३४ नम्बरको मोटरसाइकल मंगलबार राती साढे नौ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।उहाँका अनुसार मोटरसाइकल चालक मगरको अवस्था गम्भीर रहेको छ ।
मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि भर्ना गरिएकोमा गम्भिर घाइते रहेका बुढालाई थप उपचारका लागि नर्सिङहोम नेपालगन्ज रेफर गरिएको छ । यस्तै सामान्य घाइते घर्तीलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।।