दाङ,३० वैशाख । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । गुरुङले लेखेको राजीनामा पत्रमा जनताले तिरेको करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नहुने उल्लेख गर्नुभएको छ । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुनुहुन्छ ।
‘देश र जनताको पिरमर्म मैले राम्ररी बुझेकी छु । राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । तसर्थ जनताले तिरेको करबाट मैले पाउने पारिश्रमीक लिनु उपयुक्त छैन । तसर्थ आजैका मितीदेखि पदबाट मुक्त हुन यो राजीनाम पेश गर्दछु ।’ राजीनामा पत्रमा उल्लेख छ । उनको राजीनामा स्वीकृत गर्न सभामुखलाई पत्र पठाइएको र स्वीकृत भएको जानकारी जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।