नवलपरासी, २८ बैशाख । नवलपरासी बर्दघाट–सुस्ता पूर्वको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार भित्रि सडकखण्डको जङ्गल क्षेत्रमा लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका उनीहरु गम्भीर घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।।
प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।