२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुरमा जारी प्रथम राष्ट्रिय खोखो खेलमा लुम्बिनी र बागमति प्रदेश विचको खेल जारी

तुलसीपुर,२७ वैशाख । दाङको तुलसीपुरमा जारी प्रथम राष्ट्रिय खोखो प्रतियोगिता हाल सम्म आठौं चरणसम्मको खेल भईसकेको छ भने यो खबर तयार पार्दा सम्म लुम्बिनी र बागमति प्रदेश विचको नवौ चरणको खेल चलिरहेको छ । अन्तिम लिगको २ वटा सेमी फाईनलका खेल पनि आज नै हुने लुम्बिनी प्रदेश खोखो संघका अध्यक्ष तुल वहादुर थापाले जानकारी दिनुभएको छ ।

आजको चौथो चरणको पहिलो खेलमा सुदुर पश्चिम र कर्णाली प्रदेश विच भएकोमा सुदुर पश्चिम प्रदेशले ५ अंकले जित निकालेको छ । यसैगरी पाँचौ खेलमा नेपाल आर्मी र लुम्बिनी प्रदेश विचको १५ र १६ अंकको खेलमा नेपाल आर्मीले १ अंकले जित हात पारेको छ । यस्तै छैठौं खेलमा कोशी र कर्णाली प्रदेश विचमा भएको खेलमा कर्णालीले ३ अंकले जितेको छ । बागमती र गण्डकी प्रदेश विचको सातौं खेलमा गण्डकीले ७ अंकले जितेको छ भने आठौं खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विचको खेलमा नेपाल आर्मीले १ अंकले जितेको छ । हिजो देखि सुरु भएको तुलसीपुर स्थित अरनिको मैदानमा जारी खेल भोली सम्म संचालन हुने अध्यक्ष थापाले बताउनुभयो ।

दाङ जिल्ला खोखो संघको आयोजनामा भएको खेलमा मधेस प्रदेश बाहेक ६ प्रदेशका खेलाडी र नेपाल आर्मीको १ टिम सहित जम्मा ७ टिमका खेलाडीहरुको सहभागीता रहेको छ । यस्तै प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार
प्रतिक्रिया