२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुर–अमेलिया सडकखण्डमा ट्याक्टर दुर्घटना हुदा चालक गम्भिर घाइते

तुलसीपुर, २६ बैशाख ।  दाङको अमेलियामा ट्याक्टर दुर्घटना हुदा चालक घाइते भएका छन् । घाइते हुनेमा बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुरका अन्दाजी २६/२७ बर्षीय रुपेश यादप रहेको इलाका प्रहरी कार्यालय अमेलियाका प्रमुख इन्स्पेक्टर भवानी प्रसाद धमलाले जानकारी दिएको छ । उहाँका अनुसार तुलसीपुरबाट बर्दीयातर्फ जादै गरेको रा १ त २६८३ नम्बरको ट्याक्टर राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर–अमेलिया सडकखण्ड अन्र्तगत लमही नगरपालिका–९ अमेलिया चोकदेखी ५ किलोमिटर उत्तरतर्फ आज दिउँसो साढे ३ बजेको समयमा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका चालको अहिले बाँकेको नर्सीङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको टाउँकोमा गहिरो चोट लागेको छ । ट्याक्टर चालक मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।