२०८३ भाद्र १६ गते मङ्गलवार

पश्चिम दाङमा मोटरसाइकलको ठक्करबाट एकजना गम्भिर घाइते

तुलसीपुर, २४ बैशाख ।  पश्चिम दाङमा मोटरसाइकलको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–२ बाघमारेका ७० बर्षीय धन बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ । प्रहरीका अनुसार शान्तिनगर–२ स्थित रा ५ प १००९ नम्बरको मोटरसाइलले आज बेलुका साढे ४ बजेको समयमा उनलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाइते भएका बिकको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मोटरसाइकल चालक सोही ठाउँका ३० बर्षीय भिम बहादुर सुनार घाइतेको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । घाइते बिक सडकको मोडमा पल्टिएको अवस्थामा रहेकाले आफुले नदेखेर ठक्कर दिन पुगेको चालक सुनारको भनाई छ ।।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।