२०८३ भाद्र १६ गते मङ्गलवार

धनकुटामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुग्यो

धनकुटा २३, वैशाख । धनकुटामा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । धरानबाट भोजपुरको लागि छुटेको १ ख २१७७ नम्बरको बस हिजो बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो भने १३ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको हो ।

बस चालक सुनसरी धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ र भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरीका अनुसार धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको हिजो नै ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।