२०८३ भाद्र १६ गते मङ्गलवार

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा–छोरीको मृत्यु

काठमाण्डौ, २१ बेशाख ।  रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा–छोरीको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षका बलिराम सहनी र उहाँकी छोरी ४० वर्षकी उर्मिलादेवी सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो ।

आज बिहान चन्द्रनिगाहपुरबाट निजगढतर्फ गुडिरहेको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ गुडिरहेको कारले ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको रायले बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।