तुलसीपुरमा यात्रुले अटो चलाउदा दुर्घटना, चालकसहित ३ जना घाइते

तुलसीपुर, १८ बैशाख ।  दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा अटोका शाहु तथा चालक तुलसीपुर–५ का २५ बर्षीय डिल्ली बिष्ट, अटोमा सवार तुलसीपुर–५ का १९ बर्षीय सुभाष परियार र बबई गाउँपालिका–२ हंशपुरका १९ बर्षीय भिमसेन थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुर–३ को साततलेबाट तुलसीपुर बजारतर्फ आउदै गरेको लु.प्र. ०२–००१ ह ८८८ नम्बरको अटो साततले नजिदै अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको हो । अटो चालक डिल्ली बिष्ट भएपनी उनीहरु सबैले अत्यधिक मादक पदार्थ सेवन गरेकाले अटोमा सवार रहेका दंगीशरण–२ का २३ बर्षीय पुर्ण केसीले म चलाउछु भनेर बिच बाटोबाट अटो चलाएर ल्याउने क्रममा दुर्घटना भएको पाइएको छ ।

पुर्णलाई सामान्य चोट लागेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना आज बेलुका साढे ५ बजेको समयमा भएको तुलसीपुर–३ का वडासदस्य कर्ण बहादुर बुढाले जानकारी दिनुभयो । घटनाबारे जानकारी पाएलगत्तै आफु घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी अस्पताल पठाएको उहाँको भनाई छ । घाइते तिनैजनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया