दाङ,१६ बैशाख । दाङमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि फरार रहेका सहचालक नौ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–१५ मलवारका ३६ वर्षीय कृष्णबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
२०७२ साल मङ्सिर १७ गते दिउँसो सहचालक चौधरीले चलाएको ना ५ ख ७३१९ नम्बरको बसले रा ३ प २७२३ नम्बरको स्कुटरलाई तुलसीपुर–६ गुम्राहचोक ठक्कर दिँदा स्कुटर चालक रुकुमको खाराका दिवाकर वलीको मृत्यु भएको थियो ।फरार चौधरीलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।