रोल्पा,१५ बैशाख । रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेलरका सहचालक घोराही उपमहानगरपालिका ११ हापुर निवासी २९ वर्षका आयुष गिरी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
घोराहिबाट नुवागाउँ तर्फ जाँदै गरेको ना १ क ६९६८ नम्बरको सिमेन्ट बोकेको टेलर त्रिवेणी गाउँपालिका वडा नम्बर २ दुई खोलीमा बाटोदेखि एक सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । टेलरका चालक परिर्वतन गाउँपालिका वडा –२ का वर्ष ३० का कृष्णप्रसाद डाँगी गम्भीर घाइते हुनुभएको छ । घाइते डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।