तुलसीपुर, १४ बैशाख । ससुराको हत्या ससुराको हत्या आरोपमा फरार रहेका जनवाई २० वर्ष पछि पक्राउ गरेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –१२ टरिगाउँ निवासी ४२ वर्षका बीर बहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
गुरुङलाई तुलसीपुरको बरुवागाउँ स्थायी घर भई हाल तुलसीपुर उपमहानगरपालिका– १२ टरिगाउँमा लुकिछिपी बस्दै आएका उनलाई गोप्य सूचनाको आधारमा शुक्रबार दिउसो १ः३० बजे पक्राउ गरिएको हो । तत्कालिन समयमा गुरुङ २२ बर्षका थिए ।
अश्वारा घरभइ तुलसीपुरको नयाँ बसपार्क तरकारी पसल गर्दै आएका ३५ वर्षका काशीराम बिकको २०६२ साल साउन १४ गते राति करिब ८ बजे हत्या गरि उनि फरार रहेका थिए ।
हत्या भएको राति मृतक काशीराम विक र उनकी कान्छी श्रीमती शोभा बिकबीच खाना खाने क्रममा झगडा हुँदा, पाहुना रुपमा घरमा आएका गुरुङले मादक पदार्थ सेवनको तालमा सम्झाउने क्रममा विवाद हुँदा ससुरालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि भारत फरार भएका गुरुङ हाल नेपालमै लुकी बसिरहेको सूचनाका आधारमा पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।