२०८३ कार्तिक १० गते सोमवार

वीरगञ्जमा ‘कर्फ्यू’ हट्यो, चार नाकामा निषेधाज्ञा जारी

काठमाण्डौ, १ बैशाख ।  जिल्ला प्रशासन कार्यालय पर्साले अस्ति बेलुकीदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हटाएको छ । गएराति १२ बजेदेखि कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललेजानकारी दिनुभयो । वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा कर्फ्यू आदेश हटाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

तर परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको छ । वीरगञ्ज महानगर क्षेत्रमा अस्ति शनिवार दुई समूहबीच झडप भएपछि कर्फ्यू लगाइएको थियो ।।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।