२०८३ कार्तिक १० गते सोमवार

दाङको दंगीशरणमा युवाहरुबिच कुटाकुट, २ जना घाइते, ७  जना पक्राउ

तुलसीपुर, ३१ चैत । दाङको दंगीशरणमा युवाहरुको समुहबिच कुटाकुट हुदा २ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–४ का २६ बर्षीय तेज भण्डारी र २५ बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको आँखामासमेत चोट रहेकाले राप्ती आँखा अस्पताल रक्षाचौर र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका स्थानिय युवाहरु रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय हेकुलीको टोलीले नियन्त्रणमा लिएर इप्रका तुलसीपुर पठाएको छ । पिडित पक्षका अनुसार दंगीशरण–४ को बैबाङमा गएराती १० बजेको समयमा दुई पक्षबिच बिवाद हुदा कुटपिटको अवस्था सृजना भएको हो ।।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।