२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरको उरहरीमा थ्रेसरमा च्यापिंदा  एकजना घाइते 

तुलसीपुर, २९ चैत्र । दाङको तुलसीपुर उपमहानगरपालिका – ११ उरहरीमा थ्रेसर पल्टिएर च्याप्दा एकजना घाइते भएका छन् ।  बारीमा  रोकिराखेको धान काट्ने थ्रेसर एक्कासि आफै पल्टिँदा थ्रेसर नजिकै उभिएका  सोही ठाउँमा ६२ का बमबहादुर थारु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिनुभयो ।  स्थानीय शषीराम खत्रीले केही समय अघि देखि थ्रेसर बारीमा राखेका थिए । 

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामाध्य उपचारपछि थप उपचारका लागि  नर्सिङ होम नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घटना दिउसो साढे १ बजे भएको थियो । घाइतेको खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । 

 

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।